सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आईपीएलको इतिहासमै चेन्नईको सबैभन्दा ठुलो अन्तरको जित, मुम्बई १०३ रनले पराजित

819
shares

काठमाडौं । जारी आईपीएल क्रिकेटमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई १०३ रनको विशाल अन्तरले पराजित गरेको छ ।

वानखेडे स्टेडियममा गएरातिको खेलमा चेन्नईले सञ्जु सामसनको शतकमा मुम्बईलाई जितको लागि २०८ रनको लक्ष्य दिएको थियो ।सामसनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गर्दै अविजित १०१ रन बनाए । यो सिजनको सामसनको दोस्रो शतक हो ।

जवाफी ब्याटिङमा मुम्बई १९ ओभरमा १०४ रनमा अलआउट भएको हो । मुम्बईका लागि तिलक वर्माले ३७ रन र सूर्यकुमार यादवले ३६ रन बनाए ।मुम्बईका आठ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । यो आईपीएल इतिहासमा मुम्बईको सबैभन्दा ठूलो हार हो ।

चेन्नईका लागि अकील हुसेनले चार विकेट लिएका थिए ।यो आईपीएल इतिहासमा चेन्नईको सबैभन्दा ठूलो जित हो । यसअघि चेन्नईले २०१४ को सिजनमा अबुधाबीमा दिल्लीविरुद्ध ९३ रनको जित हासिल गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports