नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

इन्डोनेसियालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा गर्यो प्रवेश

325
shares

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसियन गेम्स महिला छनोटमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

बिहीबार भएको खेलमा इन्डोनेसियामाथि चार विकेटको जित निकाल्दै नेपाल अपराजित रहेर अन्तिम चारमा पुगेको हो। दुई खेलबाट चार अंक जोडेको नेपाल समूह ‘बी’को शीर्ष स्थानमा रहेर सेमिफाइनल खेल्ने भएको हो।एक खेलमा जित र एक खेलमा हार भोगेको चीन दुई अंकमा दोस्रो स्थानमा रहेर सेमिफाइनल पुगेको छ। अंकविहीन इन्डोनेसिया समूह चरणबाटै बाहिरिएको छ।

समूह ‘ए’बाट थाइल्यान्ड चार अंकसहित शीर्षस्थानमा रहेर सेमिफाइनल पुगेको छ। एक खेलमा जित र एक खेलमा हार भोगेको घरेलु टोली मलेसिया दुई अंकसहित दोस्रो स्थानमा रहेर अन्तिम चारमा पुगेको छ। यो समूहबाट हङकङ बाहिरिएको छ।बिहीबार इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य नेपाली टोलीले तीन बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि कप्तान इन्दु बर्मा ४२ रनमा अविजित रहिन्। सोनी पाख्रिनले २९ र कविता कुवँरले १४ रन थपे। सीता रानामगर १३ रनमा नटआउट रहिन्।

मलेसियाको वायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा ११३ रनको योगफल तयार पारेको थियो। नेपालकी मनिषा उपाध्यायले दुई र रिया शर्माले एक विकेट लिइन्।इन्डोनेसियाकी कप्तान नि पुतु आयु नन्द सकरिनी ५६ रनमा अविजित रहिन्। नि लुह देवी २३ र नी मेड पुत्री सुवान्देवीले १३ रन बनाइन्।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports