२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

धवल शमंशेर राणाले नयाँ पार्टी खोल्दै, वरिष्ठ नेता दुर्गा प्रसाई रहने

2K
shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग हुने घोषणा गरेका डा. धवल शम्शेर राणाले दुर्गा प्रसाईंसँग मिलेर नयाँ पार्टी निर्माण गर्दै छन् । पार्टीको नाम तय भइसकेको छैन ।

आउँदो २१ जेठमा धवलको समूहले पार्टीबाट सामूहिक राजीनामाको घोषणा गर्ने तयारी छ । त्यसपछि नयाँ पार्टी गठनको गृहकार्य सघन हुने बताइएको छ । १८ जेठमै सामूहिक राजीनामा दिने तयारी गरिएको भए पनि तीन दिन पछाडि सारिएको हो ।

नयाँ पार्टीको खाकामा प्रमुख नेताहरुले काम गरिरहेका छन् । राजसंस्था पुनर्स्थापना र राष्ट्रियता सम्वर्द्धनलाई प्रमुख एजेन्डाका रुपमा अघि बढाइने छ । अहिले डा. राणा राप्रपाबाट बढीभन्दा बढी नेताहरुलाई आफूतिर तान्ने कसरतमा रहेका छन् । केही केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामाका लागि हस्ताक्षरसमेत गरिसकेको बुझिएको छ । हस्ताक्षर अभियान देशभरि नै गर्ने गरी राजीनामापत्रको मस्यौदा तलसम्म पठाइदै छ ।

नयाँ पार्टीको नेतृत्व धवल शम्शेरले गर्ने छन् भने दुर्गा प्रसाईंलाई वरिष्ठ नेता बनाउने तयारी रहेको स्रोतले बतायो । ‘रास्वपामा रवि र बालेनजस्तो यो पार्टीको नेतृत्व धवल शम्शेरले गर्नुहुनेछ भने वरिष्ठ नेतामा दुर्गा प्रसाईंलाई प्रस्ताव गरिएको छ’, स्रोतले भन्यो ।नयाँ पार्टीमा राजसंस्थाको एजेन्डामा काम गरिरहेका सबै अभियन्ताहरुलाई समेट्ने राणाले योजना बनाएका छन् । सबैसँग सम्वाद पनि भइरहेको जनाइएको छ ।

नयाँ पार्टीको घोषणा कहिले हुन्छ ? भन्ने निधो भइसकेको छैन । अहिले मलमास चलिरहेको हुँदा शुभकार्यको घोषणा गर्न उपयुक्त नहुने केही नेताहरुले बताएका छन् । राणा पनि धेरै हतार गर्ने पक्षमा छैनन् । बढीभन्दा बढी नेताहरुलाई जुटाउनेमा उनको प्राथमिकता छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports