नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री बालेन साहले संसदमा दिएको अभिव्यक्ति राष्ट्रिय स्वाभिमान माथिको कुठाराघात : नेपाल बार

260
shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल-भारत सीमालाई लिएर संसदमा दिएको विवादित अभिव्यक्तिप्रति नेपाल बार एशोसिएशनले आपत्ति जनाएको छ ।

बारले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको उक्त अभिव्यक्ति गैरजिम्मेवार, हलुका टिप्पणी र राष्ट्रिय स्वाभिमानमाथिको कुठाराघात भनेको छ । प्रधानमन्त्रीको विवादित भनाइले नेपालको स्थापित अडान र अन्तर्राष्ट्रिय मञ्चमा गरिने कूटनीतिक दाबीलाई गम्भीर रूपमा कमजोर बनाएको बारको निष्कर्ष छ ।

महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘नेपालको एक इञ्च भूमि पनि कसैलाई छोड्न सकिँदैन । सीमा विवाद भावनात्मक वा हठात् निर्णयका आधारमा नभई ऐतिहासिक तथ्य, अकाट्य प्रमाण, नाप-नक्सा र सन्धि-सम्झौताका आधारमा दुवै देशका प्राविधिकहरूले टुङ्ग्याउनुपर्ने विषय हो ।’

विज्ञप्तिमा खेती कमाइ वा नदीको धार परिवर्तनका कारण हुने प्राविधिक ‘क्रस होल्डिङ’ लाई राज्यस्तरबाट हुने रणनीतिक भूमि अतिक्रमणसँग तुलना गर्न नमिल्ने भन्दै प्रधानमन्त्रीको कूटनीतिक ज्ञानमाथि समेत प्रश्न उठाएको छ ।

आगामी दिनमा सरकारलाई राष्ट्रिय हित र भौगोलिक अखण्डताका विषयमा स्पष्ट र जिम्मेवार ढङ्गले प्रस्तुत हुन बारले ध्यानाकर्षणसमेत गराएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports