राहदानी विभागका महानिर्देशकलाई ४ दिन हिरासतमा राख्न अनुमति
वि.सं.२०८३ असार ३ बुधवार १३:४८
shares

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित दुई जनालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
विशेष अदालतले अर्यालसहित निर्देशक सुनीलकुमार केसीलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
राहदानी छपाइको ठेक्काको विषयमा भ्रष्टाचार भएको आरोपमा अख्तियारले उनीहरूलाई पक्राउ गरेको हो ।






































