२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

१ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने

1.69K
shares

काठमाडौं । १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने भएका छन् ।

वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायत प्रयोजनका लागि सडक खन्दा तत्कालै मर्मत गरी यथास्थितिमा ल्याउन नसकिने र सडक थप बिग्रने भन्दै सडक विभागले यस अवधिमा सडक खन्न रोक लगाएको हो ।

भदौ मसान्तसम्म कुनै पनि सडक डिभिजन कार्यालयले सडक खन्ने अनुमति नदिने विभागले सूचित गरेको हो । विनाअनुमति सडक खनेको पाइए सडक ऐन २०३१ अनुसार कडा कारबाही हुनेसमेत सूचनामा उल्लेख छ ।

स्वयं विभागले भने असारमा आफ्नो कामलाई तीव्रता दिने गर्छ । जुन असारे विकासका रूपमा बदनाम छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports