linktrix Long Ad
Salt Trading Long Ad

इरानमाथि शत्तिशाली आक्रमण गरेका छौ : अमेरिकी राष्ट्रपति ट्रम्प

234
shares

अमेरिकी सेनाले इरानमाथि फेरि आक्रमण सुरु गरेको जनाएको छ। अमेरिकी सेनाकाअनुसार मध्यपूर्वमा रहेका आफ्ना सैनिकमाथि इरानले गरेको आकस्मिक आक्रमणको प्रयासको प्रतिशोधस्वरूप इरानका विभिन्न सैन्य लक्ष्यहरूमा हवाई आक्रमण सुरु गरेको जनाएको छ।

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकमम)ले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा यी आक्रमणहरूलाई मंगलबार इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डा तथा हर्मुजमा रहेका अमेरिकी जहाजहरूलाई निशाना बनाएपछि दिइएको शक्तिशाली जवाफ भनेको छ।यसअघि सोमबार अमेरिका र साउदी अरबले संयुक्त रूपमा इरान समर्थित इराकस्थित समूहहरूलाई लक्षित गरी पहिलो पटक सार्वजनिक रूपमा संयुक्त हवाई आक्रमण गरेका थिए। त्यसपछि यो द्वन्द्व थप चर्किएको हो।

फेब्रुअरीमा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो युद्ध केही सातामै समाप्त हुने बताएका थिए। तर अहिले पाँच महिना बितिसक्दा पनि युद्ध अन्त्य हुने कुनै संकेत देखिएको छैन।केही दिनको तुलनात्मक शान्तिपछि यो साता फेरि तनाव बढेको हो। केही दिनसम्म दुवै पक्षले आक्रमण रोकेका थिए। कूटनीतिक समाधान खोज्ने उद्देश्यले वार्ता पुनः सुरु भएको अनुमान गरिएको थियो। ट्रम्पले ती वार्तालाई मैत्रीपूर्ण वार्ता भनेपनि तेहरानले भने कुनै पनि प्रकारको वार्ता नभएको भन्दै ट्रम्पकव दाबिलाई अस्वीकार गरेको थियो।

बुधबार आक्रमण घोषणा हुनुभन्दा केही घण्टा अघि ट्रम्पले अमेरिकी सैनिकमाथि भएको आक्रमणको प्रयासको कडा प्रतिशोध लिने चेतावनी दिएका थिए । ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले भने, ‘अब उनीहरूलाई कडा प्रहार गर्ने हाम्रो पालो हो। उनीहरूलाई यो आउँदैछ भन्ने थाहा छ। उनीहरूले हामीलाई यस्तो नगर्न आग्रह पनि गरेका थिए ।’इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले भने जोर्डनस्थित अमेरिकी हवाई अड्डा र कमाण्ड सेन्टरलाई अमेरिकी बालहत्यारा सेनाको आक्रामक गतिविधिको प्रतिशोधस्वरूप निशाना बनाएको दाबी गरेको छ।

आइआरजीसीका अनुसार हर्मुजमा रहेका तीनवटा तेल ट्याङ्करले चेतावनी बेवास्ता गर्दै आफूहरूले असुरक्षित र अवैध भनेको मार्ग प्रयोग गरेपछि तिनलाई पनि नौसैनिक कारबाहीमार्फत निशाना बनाइएको जनाएको छ।गत शुक्रबार ट्रम्पले लगातार १३ रातसम्म चलेको तीव्र बमबारी अभियान स्थगित गरेका थिए। अमेरिकाले त्यस क्रममा इरानका हतियार भण्डार तथा सैन्य संरचनाहरूलाई निशाना बनाएको जनाएको थियो। ती आक्रमणमा दर्जनौँ मानिसको मृत्यु भएको बताइएको छ।मंगलबार सेन्टकमले अमेरिका-साउदी संयुक्त कारबाहीमार्फत पूर्वी इराकका धेरै आतंकवादी रसद केन्द्र र हतियार भण्डारहरू ध्वस्त पारिएको जनाएको थियो। सेन्टकमका अनुसार पछिल्ला ७२ घण्टामा आइआरजीसीको निर्देशनमा भएका ३० भन्दा बढी ड्रोन आक्रमणको जवाफस्वरूप यो कारबाही गरिएको हो।

इरान समर्थित शिया मिलिसियाको प्रभाव रहेको इराकको पपुलर मोबिलाइजेसन फोर्स ले भने अमेरिकी–साउदी आक्रमणमा आफ्ना कम्तीमा २० सदस्य मारिएको जनाएको छ। इराकी राष्ट्रपतिले पीएमएफका आधार शिविरमाथिको बमबारीको निन्दा गर्दै यसलाई अस्वीकार्य आक्रमण तथा इराकको सार्वभौमिकतामाथिको खुला उल्लङ्घन भनेका छन्।

यद्यपि ट्रम्पले फक्स न्युजसँग कुरा गर्दै ती आक्रमणहरू इराकी सरकारसँग समन्वय गरेर गरिएको दाबी गरेका छन्। साउदी अरबले भने आफूलाई सुन्नी मुस्लिम विश्वको प्रमुख शक्ति मान्छ भने इरान विश्वकै सबैभन्दा ठूलो शिया मुस्लिम राष्ट्र हो।यी दुई देशबीच मध्यपूर्वमा प्रभाव विस्तार र क्षेत्रीय नेतृत्वका लागि दशकौँदेखि प्रतिस्पर्धा र शक्ति संघर्ष चल्दै आएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports