linktrix Long Ad
Salt Trading Long Ad

पाकिस्तानमा हिमपहिरो, निर्मल पुर्जासहित १० जना पर्वतारोही बेपत्ता

143
shares

काठमाडौं । विश्वका अग्ला हिमालहरूमध्ये एक मानिने पाकिस्तानको ब्रोड पिकको हिमपहिरोमा नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० सदस्यीय पर्वतारोहण टोली बेपत्ता भएको छ ।

पाकिस्तानको कराकोरम पर्वतशृंखलामा रहेको आठ हजार ४७ मिटर अग्लो उक्त हिमालमा बिहीबार मध्याह्न हिमपहिरो गएको थियो । त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले बताएका बीबीसीले जनाएको छ ।आरोहण टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र पाँच नेपाली नागरिक रहेको बताइएको छ ।

अभियानको नेतृत्व गरिरहेका निर्मल पुर्जा सन् २०१९ मा ६ महिनाभन्दा केही बढी अवधिमा विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गरेर विश्वव्यापी रूपमा चर्चित बनेका थिए ।मौसम अनुकूल भएमा खोज तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा हेलिकोप्टरमार्फत खोजी अभियान सञ्चालन गर्ने सामाचारमा उल्लेख छ ।ब्रोड पिक पदयात्रा तथा पर्वतारोहणका लागि विश्वकै सबैभन्दा चुनौतीपूर्ण हिमालहरूमध्ये एक मानिन्छ । यो हिमाल विश्वको १२औँ अग्लो हिमालको रूपमा सूचीकृत छ ।

अल्पाइन क्लब अफ पाकिस्तानले विज्ञप्ति जारी गर्दै तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गर्न सरकारी निकायहरूसँग निरन्तर समन्वय भइरहेको जनाएको छ ।क्लबका अनुसार हेलिकोप्टरको सहयोग सुनिश्चित गर्न प्रयासहरू भइरहेको र उपलब्ध सबै साधनस्रोतहरू तत्काल परिचालन गरिएको छ ।

निर्मल पुर्जा सन् २००३ मा बेलायती सेनामा भर्ती भएका थिए । सन् २००९ मा रोयल मरिनमा आबद्ध भएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports