बागमती प्रदेशका नवनियुत्त तिन मन्त्रीलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण
वि.सं.२०८३ भदौ ६ शनिवार ०९:५२
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश सरकारमा सहभागी भएका तीनजना सांसदलाई १२ घण्टे स्पष्टीकरण सोधेको छ ।
सरकारमा मन्त्री बनेका तीनजना राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पार्टीले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। पार्टीको केन्द्रीय अनुशासन समितिले तीनै सांसदलाई ‘किन कारबाही नगर्ने ?’ भन्दै १२ घण्टाभित्र स्पष्टिकरण पेश गर्न समय दिएको छ ।
यसअघि राप्रपाले संसदीय दलका नेता एवम् प्रदेश सभा सदस्य उद्धव थापालाई पार्टी सदस्यबाट निलम्बन गर्दै प्रदेश सभा सदस्य पदबाट समेत पदमुक्त गर्ने निर्णय गरेको थियो।






































