नेपाली कांग्रेसको महाधिवेशन समाप्त भएको छ । महाधिवेशले १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकाले नेपालका बाढी पीडितका लागि नेपाललाई ५ लाख डलर सहयोग गर्ने

845
shares

नेपालमा गएको विनाशकारी बाढीपछि अमेरिकाले मानवीय सहायता स्वरूप ५ लाख डलर आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा सहयोग र राहत पुर्‍याउन एक ‘डिजास्टर असिस्टेन्स रेस्पोन्स एडभाइजर’लाई पनि प्रभावित क्षेत्रतर्फ पठाउँदै गरेको जनाएको हो ।

विदेश मन्त्रालयका अनुसार यो मानवीय सहायता ‘क्याथोलिक रिलिफ सर्भिसेज’ सँगको ग्लोबल अवार्डमार्फत प्रदान गरिनेछ, जसले बाढी प्रभावित समुदायहरूलाई आपत्कालीन आश्रयस्थल (शेल्टर), राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सेवाहरू उपलब्ध गराउन सहयोग गर्नेछ। सल्लाहकार कुन क्षेत्रतर्फ जाँदैछ भन्ने बारे विदेश मन्त्रालयले खुलाएको छैन, तर सामान्यतया प्राकृतिक प्रकोपको लगत्तै अमेरिकाले यस्ता विशेषज्ञहरूको टोली परिचालन गर्ने गरेको छ।

विदेश मन्त्रालयले काठमाडौंस्थित अमेरिकी दूतावासले स्थानीय अधिकारीहरूसँग नजिकबाट समन्वय गरेर प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकहरूको खोजी तथा सहयोगका लागि काम गरिरहेको स्पष्ट पारेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports