२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सपना सबै बगायो भोटेकोशी बाढीले

481
shares

 

भदौ १० गते, रसुवा, भोटेकोशी बाढीले समृद्ध नेपाल, शान्त नेपाल, सुशासन सबै बगायो । रसुवा, नुवाकोट, गोरखा, धादिङ बजारलाई बगर बनाइदियो । सरकारमाथि होइन, देशैमाथि भयानक मानवीय संकट आइपरेको छ । आजैका दिन प्रधानमन्त्री बालेन साह संसदमा उभिएर संसदहरुले महिनौंदेखि उठाएका प्रश्नहरुको जवाफ दिन तैयार भइरहेका थिए । एकाएक साँढे ९ नबज्दै बाढीको मृत्युघण्ट बज्यो । सिंगो सरकार बाढीबाट उत्पन्न महाविपत्तिलाई सामना गर्न जुट्न थाल्यो । एकीसमयमै नेपालमा आएको महाविपतको घटना विश्वव्यापी बन्यो ।
भारत, चीन, युरोपियन युनियनले के कस्तो सहयोग चाहियो भनेर प्रधानमन्त्रीसँग वार्ता गरे । २०७२ को महाभूकम्पभन्दा पनि डरलाग्दो भोटेकोशे बाढीले कति धनजनको क्षति भयो भन्ने अनुमान गर्न कैयौं दिन लाग्नेछ । खरवौंको सम्पत्ति बगेर गयो, बगर बन्यो । पुननिर्माण गर्न दशकौं लाग्नेछ । नेपालको विकास फेरि धेरै टाढाको विषय बन्नपुग्यो ।
प्रधानमन्त्रीले विपतमा परेका, शोकमा परेका, पीडावोधमा रहेका सबैलाई आश्वासन दिएका छन्– तपाईहरु एक्लो हुनुहुन्न । सरकार तपाईहरुको साथमा छ ।
राम्रो कुरा के भयो भने प्रधानमन्त्री बालेन साहको राजीनामा मागिरहेका, राष्ट्रघाती भनिरहेका सबै राजनीतिक पार्टीहरु सरकारका साथमा उभिएका छन् । सबै मिलेर यो बाढीबाट उत्पन्न महाविपतसँग जुध्न एकढिक्का भएका छन् । जब जब देशमाथि, जनतामाथि महाविपत आउँछ, नेपालका राजनीतिक शक्तिहरु एक ढिक्का हुन तैयार हुनेगर्छन् ।
नेपाल भूराजनीतिको भूमरीमा परेर कता लाग्ने, के गर्ने भन्ने द्विविधिमा थियो । नेपाल दुई महाशक्ति भारत र चीनवीचको जिवन्त साँघु हो नेपाल । रास्वपा र प्रम बालेनले सम्बन्धमा सुधार गर्न नसकेको र राष्ट्रघात गरेको भनेला महिनौंदेखि यो साँघु भूराजनीतिमा ठक्कर खाँदै महाशक्ति निर्भर हुनपुगेको भाष्य परम्परागत पार्टीहरू नेपाली कांग्रेस, एमाले, नेकपाले प्रचार गरिरहेका थिए । शीतयुद्धका समयमा नेपालले असंलग्न परराष्ट्रनीति अपनायो, त्यही अनुसारको आफ्नो परिचय बनायो । सन्तुलनको नीतिले नेपाललाई स्वराज कायम गर्न सघायो पनि । महाशक्तिहरू पनि नेपालको सन्तुलनमै थिए । समयक्रममा २०४६ सालमा बहुदल पुनस्र्थापना भयो र नेपाली दलहरू भारतनिकट हुनपुगे । प्रजातन्त्रवादीसँगसँगै कम्युनिष्टहरू पनि जाज्वल्यमान हुँदै गए र चरमपन्थी र नरमपन्थी कम्युनिष्टहरूको शासन बेहोर्दै चीनतिर बढी ढल्कन पुग्यो । बालेन सरकारमाथि पश्चिमा प्रभाव र दबाब रहेको र उतैको शरणमा परेको आरोप विपक्षीहरूले लगाएता पनि यो सरकार कतातिर ढल्केको भनेर कसैले पनि अहिलेसम्म प्रष्ट पार्न सकेका थिएनन् । आन्तरिक राजनीति र बाह्य विदेशनीतिमा नेपाल नसम्हालिदै भोटेकोशी बाढी आएर नेपाललाई अस्तव्यस्त पारिदिएको छ ।
यो प्राकृतिक विपतको बज्रपात हुँदा मानौं, नेपाल आश्चर्यजनक पीडामा छ । नेपाल सनन्न हुनपुगेको छ । नेपाल अक्क न बक्क भएको छ ।
विश्व प्रगतिको, सामरिक शक्तिको प्रतिस्पर्धामा छ । त्यो प्रतिस्पर्धाको मल्लयुद्ध गर्ने मैदान नेपाल बन्दै छ । यो शताब्दीमा अमेरिका, चीन, भारत र युरोपियन युनियन तथा रूसजस्ता शक्तिहरूका सामु नेपाल भूमिका र अस्तित्वगत संकटको जालोमा फस्दै गएको देखिन्छ । चीनको बीआरआई, अमेरिकाको एमसीसीजस्ता योजनालाई नेपालले नकार्न सक्ने थिएन, नकारेको पनि छैन । नेपाल न भारत विरूद्ध चीनलाई, न चीन विरूद्ध भारत अथवा अमेरिकालाई आमन्त्रण गर्न सक्छ ? केही विज्ञहरू त, एउटा महाशक्तिसँग आर्थिक सम्बन्ध बिस्तार गर्ने र अरूसँग सुरक्षा र सन्तुलन कायम गर्ने चातुर्यता चाहिने बताइरहेका छन् । नेपाल भने राजनीतिक विवादमै छ । यही विवादको टुङ्गो नलाग्दै रसुवा, भोटेकोशी बाढी आयो, त्रिशूली नदीले ताण्डव नृत्य देखायो । नेपाली जनजीवनलाई तहसनहस पारिदियो ।
पहिलोपल्ट सत्ता परिवर्तन भएको थियो । बुढो पुस्तालाई जनताले किनारा लगाएर युवापुस्ताको काँधमा जिम्मेवारी सुम्पेका थिए । ऐतिहासिक रूपमा एउटै पार्टीले बहुमत हासिल गरेको थियो । स्थिरता, विकास, शान्ति र सुशासनका लागि ठूलो अवसर हो तर असफल भइसकेका पार्टीहरू जनादेश प्राप्त पार्टीलाई काम गर्न जसरी पनि अल्झाउने मनस्थितिमा देखिनु नेपालको दुर्भाग्य हो । पुरानाले नयाँलाई हातेमालो गरेको भए नेपाल अगाडि बढ्न र प्रजातन्त्र र जनअसन्तुलन सबै संवोधन गर्न सकिने थियो, जुन अभाव भयो भनिरहेका बेलामा प्रकृतिले नेपाललाई फेरि भुइँमै थचारिदिएका छन् । नेपालले समृद्धीको सपना देख्न अझ लामो समय कुर्नुपर्ने भएको छ ।
नयाँ पुस्ताका काँधमा बगर बनेको जनजीवनलाई लयमा फर्काउने जिम्मेवारी आइपरेको छ । जनतासँग सरकार छ भन्ने विश्वास दिलाउनुपर्ने समय आएको छ । यो दायित्व निर्वाह गर्नु राजनीतिक शक्तिहरुका सामु फलामको च्यूरा चपाएजस्तै चुनौती छ ।
विज्ञ ठानिएका दक्षिण एसियाका ज्ञाताहरूका अनुसार यो क्षेत्रका राजनीतिक सीमाहरू उपनिवेशवादी विरासत मान्छन् । यद्यपि नेपाल अमेरिकाभन्दा पनि जेठा राष्ट्र हो र कहिले पनि कुनै मुलुकको उपनिवेश भएको थिएन । तर उपनिवेशको दबदबाको इतिहास भएको दक्षिण एसियाका प्रभाव त नेपालमा पर्छ पर्छ । परेको छ । जसको दुर्नियति नेपालले भारत स्वतन्त्र भएदेखि नै भोग्दै आएको दुःख हो । यसपल्टको बाढी प्रकोपले नेपाललाई फेरि विश्वसामु हात फैलाउनै पर्ने स्थितिमा ल्याइपु¥याएको छ । साधन, स्रोधको कमीले नेपालले खरवौंको क्षतिको भरताल गर्न, पुननिर्माण गर्न मुस्किल छ ।
नेपालले विश्वजगतसँग भाइचारा कमाएको छ । यहीकारण विश्वले नेपालको विपतमा साथ र सहयोग गर्न हात बढाएका छन् । ती सहयोगलाई सही तरिकाले उपयोग गर्न सरकारले सक्नैपर्ने छ । सक्छ भन्ने विश्वास सबैले लिएका छन् ।
कसरी नेपाललाई बसमा पार्ने भनेर छिमेकी मात्र होइन, विश्वशक्तिहरु शक्तिको राडारले नेपाललाई हेरिरहेका छन् । भारत र चीनसँग नेपालको राजनीतिक, सांस्कृतिक, सभ्यतागत सम्बन्धको निरन्तरता छ । तथापि भारत स्वतन्त्र भएपछि भारतका मेलिट्री साइन्सका विज्ञहरूले नेपाललाई भारतमा १९५० मै नमिलाएर ठूलो भूल गरेको लेखेका छन् । छिटोभन्दा छिटो त्यो भूल सच्याउनु पर्ने पनि बताएका छन् । सम्भवतः त्यही नीतिअनुसार भारतले नेपालमाथि व्यवहार गर्दै आएको छ । यस्तो खतरालाई निस्तेज पार्नकै लागि युवाशक्ति जुर्मुराएका बेलामा युवाशक्तिलाई विवस पार्न प्राकृतिक प्रकोप झेल्नुपरेको छ । तथापि नेपाली रगतमा राष्ट्रवाद यति बलियो छ कि नेपाली स्वराज झुक्दैन, झुक्न सक्दैन । मैत्रीभाव र देशभक्तिभावका साथ नेपालीत्वको जगेर्ना गर्न र यो पीडालाई शक्तिमा बदल्न सक्नेछ ।
विश्वको शक्तिचक्र समयअनुसार बदलियो, राजनीतिक र कूटनीतिक धार पनि बदलिदै गएका छन् । सम्बन्ध र राष्ट्र राष्ट्रवीचको आत्मीयताका आधारहरू पनि परिवर्तन भएका छन् । नेपाललाई समयले शोकसँग जुध्न यक्ष प्रश्न खडा गरेको छ । यो समयमा राष्ट्र बचाउन, जिवन्त पार्न कारिगरीता आवश्यक छ । सम्भवतः नेपाली जनताले चुनावमा पुराना पुस्ताका नेतृत्वलाई किनारा लगाएर नयाँ नेतृत्व त्यही आवश्यक कारिगरिताका लागि चयन गरेको हुनसक्छ । नयाँ पुस्ताको नयाँ सोच र नयाँ युगको आवश्यकताअनुसारको नीति परिपूर्ति हुनसक्छ । चुनावमा, राजनीतिमा, नेतृत्वमा परिवर्तन आएको छ, राज्यकलामा पनि परिवर्तन देखिनैपर्नेछ । युवापुस्तामा ढाडमा हाड छ भन्ने प्रमाणित गर्ने परीक्षाको समय हो यो ।
२०४६ सालपछि मैनबत्ती पग्लेजसरी पग्लेको नेपालको व्यक्तित्व अहिले आएर अमेरिकी राष्ट्रपति डानाल्ड ट्रम्पले खुलेआम फ्रडहरूको देश भनेर आक्षेप लगाएका छन् । हुन पनि नेपाली नेताहरूले भुटानी शरणार्थी बनाएर पनि नेपालीलाई बेचेको घटनाले त्यो आक्षेप सही मान्नुपर्ने छ । नेपाल अपराधशालाजस्तो बनाउने पनि बिगतकै बहुदलीय र गणतन्त्रका नेताहरू नै हुन् । लोकतन्त्रलाई लूटतन्त्र बनाएकाले पनि नेपालको विश्वमा इज्जत घट्दै घट्दै जानुको अर्को कारण हो । न्यजिलेण्डका एक मन्त्री नेपाल भ्रमणमा आएर फर्कदा भनेका थिए, नेपाल स्वर्गको एक टुक्रा हो । नेपालमा सबै छ, इमान छैन । नेताहरूमा नीति र सिद्धान्त छैन । नेपाली नेताहरूले इच्छाशक्ति देखाउने हो भने नेपाल विश्वको केन्द्रविन्दु बन्नसक्छ । यही उद्देश्य लक्ष्यमा राखेर युवापुस्ताले प्राकृतिक प्रकोपबाट बच्नु र उत्रनु छ ।
नेपाली एक हौं, एक भएर यो विपदबाट मुक्ति खोजौं ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports