२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बाढी पिडितलाई निजामती कर्मचारीहरूबाट ३६ करोडको बराबरको सहयोग

715
shares

काठमाडौं । बाढीपिडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा निजामती कर्मचारीबाट ३६ करोड रुपैयाँ बराबर योगदान हुने भएको छ ।

आज बसेको सचिव बैठकले सबै कर्मचारीको भदौ महिनाको मासिक तलब भुक्तानी गर्दा त्यस रकम बराबरको योगदान कोषमा गर्ने निर्णय गरेको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार श्रेणीविहीन कर्मचारीबाट मासिक सुरु तलब स्केलको २ दिनको तलब योगदान गरिने छ ।

राजपत्र अनंकित कर्मचारी वा सोसरहको ५ दिन, राजपत्रांकित तृतीय र द्वितीय श्रेणी वा सोसरहका कर्मचारीबाट ७ दिनको तलब योगदान गरिने भएको छ ।राजपत्रांकित प्रथम श्रेणी र विशिष्ट श्रेणीका कर्मचारीबाट १० दिन बराबरको पारिश्रमिक योगदान गर्ने निर्णय सचिव बैठकले गरेको हो । उक्त रकम अर्थ मन्त्रालय र महालेखाले कोषमा जम्मा पार्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

त्यस्तै प्रदेश सरकार र स्थानीय तह तथा सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई समेत सोही अनुसार योगदान गर्न आह्वान गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports