२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रसुवागढी बाढी : जलविधुतको सुरूङमा कोही पनि फेला परेनन : प्रधानमन्त्री कार्यालय

338
shares

प्रधानमन्त्री कार्यालयले रसुवागढी जलविद्युत आयोजनाको सुरूङभित्र खोजी गर्दा कोही पनि फेला नपरेको जनाएको छ।

नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले उक्त सुरूङमा मानिसहरू फसेको आशंकामा खोजी गरेको थियो। भोटेकोशी बाढीका कारण यो आयोजनाको सुरूङमा करिब १४ जना फसेको हुन सक्ने आशंका गरिएको थियो।खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किसकेको छ।

सुरूङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोली सहित खोजीमा जुटेको थियो।उक्त सुरूङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाइ खोजी गर्दा पनि मानिस नभेटिएको कार्यालयले जनाएको हो।

​’सुरूङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको छ,’ कार्यालयले भनेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports