सुनचाँदीको मूल्यमा लगातार गिरावट, आज कतिमा हुदैँछ कारोवार ?
वि.सं.२०८३ भदौ १६ मंगलवार १२:२९
shares

काठमाडौं । नेपाली बजारमा केही दिनदेखि सुन र चाँदी दुवै धातुको मूल्यमा लगातार गिरावट आएको छ । सोही क्रमलाई निरन्तरता दिँदै आज पनि सुन र चाँदी दुवैको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ५ सयले घटेर तोलाको ३ लाख ६ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख ६ हजार ६ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको तोलाको १५ रुपैयाँले घटेर ४७६५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४७८० मा कारोबार भएको थियो ।


































