२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

२०८२ भाद्र २३ को जगमा टेकेर भाद्र २४ मा विध्वसात्मक काण्ड भयो

663
shares

 

काठमाडौ । मुलुक ठुलो संकटमा परेको बेला सबैभन्दा पूराना पार्टी नेपाली कांग्रेस भने मुलुकलाई संकटबाट माथि उठाउनुपर्ने बेलामा आफैँ संकटको भूमरीमा परेको छ । कांग्रेसभित्रको विवादले कांग्रेसलाई विभाजनको डिलमा पु¥याएको छ । कांग्रेस अहिले विभाजनको अवस्थामा पुगेको र अर्को पुरानो पार्टी नेकपा एमालेभित्र पनि संकट उत्पन्न गराउने प्रयास जारी रहेको छ ।
यी दुवै पार्टीहरुले निकै लामो समयदेखि आलोपालो सरकारले नेतृत्व गर्दै आएका र विभिन्न कठिनाईहरु भोग्दै आएका थिए । गत साल २०८२ मा भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक कार्यपछि पुराना पार्टीहरुप्रति एक किसिमको विरोधको लहर नै चलाइएको थियो । त्यसैको मारमा कांग्रेस, एमाले र नेपाल कम्युनिष्ट पार्टीहरु परे भने मधेशवादी दलहरु र झण्डै किनारा नै लागेका छन् ।
जेनजीहरुको विरोध प्रदर्शन र विध्वसत्मक कार्यका दोष पुराना दलहरुलाई लगाएर सरकारी भवनहरु सिंहदरबार, सर्बोच्च अदालत, संसद भवन लगायत दर्जनौँ सरकारी कार्यालयहरुमा आगजनी गरियो । राष्ट्रपतिको कार्यालयमा समेत आगजनी भयो ।

राष्ट्रपतिको कार्यालयमा समेत नेपाली सेनाले सुरक्षा दिन सकेन । २०८२ भाद्र २३ र २४ गतेको प्रकरणपछि असम्वैधानिक तवरले संसदले विघटन गरियो । संसद जिवितै रहेको अवस्थामा संविधान विपरित सर्बोच्च अदालतकी पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरियो ।
यी सबै कार्यहरुले गर्दा संविधान विपरितका सम्वैधानिक कार्य थियो । कार्की सरकारले संसद विघटन गर्दै २०८२ फागुन २१ गते संसदको निर्वाचन गराउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार कार्की सरकारले संसदको निर्वाचन गरायो । त्यो निर्वाचनका निर्वाचनका लागि निर्वाचन मात्र थियो ।
भाद्र २३ र २४ गतेको घटनाहरु एक्कासी घटेका घटना थिएनन् । भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शनमा पानी बाँड्न आएको बताउने सुधन गुरुङले नै विरोध प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौमा निवेदन दिएका थिए तर उनले आफू पानी बाँड्न आएको सार्वजनिक रुपमै उद्घोष गरेका हुनाले भाद्र २३ र २४ गतेको घटनाहरु सबै सुनियोजित थिए भनेर अहिले प्रमाणित हुँदै गएको छ ।

भाद्र २४ गतेको विध्वसत्मक घटनामा रास्वपाका प्रायः सबै नेता तथा कार्यकर्ताहरु सहभागि भएका थिए भने सहकारी ठगी काण्डमा जेलमा रहेका सभापति रविलाई जेलबाट मुक्त गरिएको र भाद्र २४ गतेको घटना रास्वपाका नेता तथा कार्यर्ताहरु नै सहभागि भएका थिए भने उनीहरुलाई काठमाडौ महानगरका तत्कालिन मेयर बालेनको समर्थक थियो । त्यही कारणले गर्दा बालेन सहित सुधन गुरुङ लगायत धेरै व्यक्तिहरु रास्वपामा प्रवेश गरे ।

उनीहरु रास्वपाकै टिकटबाट संसदीय निर्वाचनमा गएको र उनीहरु प्रायः सबै निर्वाचित भएर अहिले संसदमा पुगेका र रास्वपाकै बालेन नेतृत्वको सरकार बनेको हुनाले त्यसबेलाको विरोध प्रदर्शन त भाद्र २४ गतेको विध्वसात्मक कार्यको लागि मात्र रहेको विस्तारै प्रमाणित हुँदै गएको जस्तो देखिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports