भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपालको अर्थतन्त्रमा व्यापक असर परेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

न सुशासन, न पारदर्शिता : के जेनजीहरुका माग यही थियो त ?

338
shares

काठमाडौ । गत भाद्र २३ गते जेनजीहरुले गरेका विरोध प्रदर्शनलाई हाइज्याक गरेर केही व्यक्तिहरुले आफ्नो स्वार्थ पुरा गरिरहेको आरोप उनीहरुमाथि लाग्दै आएको छ । जेनजीहरुले सुशासन, पारदर्शिता र विधिको शासनको माग गरेका थिए । अहिले त्यही जेनजीहरुको विरोध प्रदर्शनमा सहभागि भएको रास्वपा नेतृत्वको बालेन सरकार रहेको छ ।
भाद्र २३ गतेको विरोध प्रदर्शनलाई कुनै अँध्यारो कोठामा बसेर निर्देशन दिने काठमाडौ महानगरका तत्कालिन मेयर बालेन अहिले प्रधानमन्त्री रहेका छन् । जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक कार्यमा को को संलग्न रहेका थिए भनेर नत सुशिला कार्की नेतृत्वको सरकारले नै छानविन ग¥यो नत बालेन सरकार नै छानविन गर्न अग्रसर भयो ?
भाद्र २३ को जेनजीहरुको विरोध प्रदर्शनमा पानी बाँड्न आएको भनेर ढाँट्ने सुधन गुरुङ नै अहिले गृहमन्त्री रहेका छन् । भाद्र २३ गते १२ बजेपछि जेनजीहरुको विरोध प्रदर्शनको नेतृत्व गुरुङले नै गरेपछि विरोध प्रदर्शनले उग्ररुप लिएको थियो । कालो पोसाकधारीहरुको हातमा टिओवी लेखिएको थियो । उनीहरुले नै शान्तिपूर्ण विरोध प्रदर्शनलाई उग्र बनाएका थिए ।
विरोध प्रदर्शनको लागि अनुमति माग्ने व्यक्तिहरुमा सुधन गुरुङ समेत थिए तर किन उनले आफ्नो परिचय लुकाएर आफू कुनै नेता नभएको र पानी बाँड्न मात्र आएको अभिव्यक्ति दिए ? तिनै सुधन गुरुङ गत फागुन २१ गते भएको संघीय संसदको निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेर सांसद हुँदै हाल गृहमन्त्री रहेका छन् । गुरुङसँगै भाद्र २३ र २४ गतेको घटनामा संलग्न हुनेहरु प्रायः सबै रास्वपामा प्रवेश गर्नु संयोग हो कि षड्यन्त्र ?
पछिल्लो समयमा बालेन सरकारको विरोध हुन थालेपछि विरोध गर्नेहरुलाई तथानाम गाली गलौज गर्न थालिएको छ भने प्रधानमन्त्री बालेन नै फेसबुकमा विरोधीहरुलाई गाली गर्दै स्टाटस लेख्न थालेका छन् । आफ्नो असफलता र कुकर्मको पर्दाफास हुने भएपछि जनताको ध्यान अर्कोतिर मोड्न प्रधानमन्त्री बालेन पुराना भनिएका राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुका विरुद्ध स्टाटस लेख्न थालेका छन् ।
भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र सहकारी ठगी प्रकरणमा अदालतको आदेशमा पुर्पक्षका लागि जेलमा रहेका रास्वपा सभापति रवि लामिछाने र रास्वपाको के सम्बन्ध रहेको थियो ? भाद्र २३ गते उनलाई जेलमुक्त गरिएपछि २३ र २४ गतेको घटनामा संलग्न रहेकाहरु प्रायः सबै रास्वपामा नै प्रवेश गर्नु र अँध्यारो कोठामा बसेर जेनजीहरुलाई निर्देशन दिने बालेन समेत रास्वपामै प्रवेश गर्नु के संयोग हो कि षड्यन्त्रको जालो ? अब त्यस विषयमा अनुसन्धान र छानविन गरी सिंहदरबार लगायत अन्य सरकारी भवनहरुमा आगजनी गर्नेहरुमाथि कानुनी कारबाही हुन्छ कि हुँदैन ?
पछिल्लो समयमा मुलुक भाद्र १० गतेको रसुवामा आएको बाढीले गर्दा आक्रान्त भएको छ धेरै व्यक्तिले ज्यान गुमाएका छन् भने खबौँको क्षति भएको बेलामा पनि किन प्रधानमन्त्री बालेन विपक्षी दलका नेताहरुलाई स्टाटसमार्फत गाली गलौज गरिरहेका छन् ? त्यसको रहस्य के हो ? अब विस्तारै त्यो रहस्य खुल्दै जाने निश्चित रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports