रूसी राष्ट्रपति पुटिन ब्रिक्स शिखर सम्मेलनमा भाग लिन भारतमा
वि.सं.२०८३ भदौ २६ शुक्रवार ०९:१४
shares

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत आइपुगेका छन् ।
पुटिनको विमान शुक्रबार बिहान करिब ३ बजे नयाँ दिल्ली आइपुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।विमानस्थलमा उनलाई भारतको विदेश राज्यमन्त्री केभी सिंहले स्वागत गरेका थिए ।
रुसी राष्ट्रपति पुटिन दिल्लीस्थित मौर्य शेराटन होटलमा बसेका छन् । यसैबीच, राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ब्रिक्स शिखर सम्मेलनअघि भेटवार्ता हुने तय भएको छ । भेटवार्तामा रुस र भारतबीच रक्षा, ऊर्जा, व्यापार, प्रविधि र रणनीतिक सहकार्यसम्बन्धी विषयहरूमा छलफल हुने बताइएको छ ।



































