२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पोखरामा भएको स्कुल बस दुर्घटनाबाट हालसम्म १८ जनाका उद्धार

130
shares

पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनाबाट हालसम्म १८ जनाका उद्धार भैसकेको प्रहरीले जनाएको छ । कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानका अनुसार १८ जनालाई उद्धार गरी अस्पताल पठाइएको हो ।

१६ जना अस्पताल पुगिसकेको र २ जना बाटोमै रहेको उनले बताए । पोखरा २८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका लागि विद्यार्थी लिएर आउँदै गरेको स्कुल बस ओख्लेमा दुर्घटनाग्रस्त भएको हो । घटनाबारे थाहा पाउने बित्तिकै प्रहरी टोली खटिसकेको छ । अहिले स्थानीय र प्रहरी मिलेर उद्धारको काम भइरहेको पासवानले बताए । घाइते विद्यार्थीहरूलाई तत्काल उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगायतका अस्पतालहरूमा पठाइएको छ ।

बसमा कति जना विद्यार्थी सवार थिए भन्ने यकिन विवरण सङ्कलन नभएको उनले सुनाए । ‘विद्यार्थी कति थिए भन्ने यकिन विवरण अझै आएको छैन । हामी फिल्डमै छौँ, अरुको पनि उद्धार भइरहेको छ,’ उनले भने । विद्यार्थीको अवस्थाबारे अहिले नै बोल्न सक्ने अवस्था नरहेको उनले सुनाए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports