राष्ट्रपतिले विपद्सम्बन्धी अध्यादेश जारी गरे
वि.सं.२०८३ असोज २३ शुक्रवार १७:३७
shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् ।
सरकारले राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो ।तर, राष्ट्रपति कार्यालयबाट भने एउटा मात्रै अध्यादेश जारी भएको हो ।राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार, विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरिएको हो ।
भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि राष्ट्रपतिसमक्ष सिफारिसका लागि पठाइएको थियो । यी दुई अध्यादेश भने अध्ययनकै क्रममा रहेको राष्ट्रपति कार्यालय स्रोतले बतायो ।भोटेकोशी बाढीलाई मध्यनजर गर्दै विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने गरी अध्यादेश जारी गर्न लागिएको छ ।हाल १२ वर्ष बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न सकिने व्यवस्था छ । यसलाई छोट्याएर विपद्को सन्दर्भमा ४५ दिनमै मृतक घोषणा गर्न सकिने विषय अधयादेशमा आएको छ ।
भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिने विषय समावेश छ । राष्ट्रपतिले जारी गरेपछि अध्यादेशले गरेका व्यवस्था लागू हुन्छ ।




































