२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बैंकहरूले शाखा समायोजन तथा एकीकरण गर्दा कर्मचारी हटाउन नपाइने

130
shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले शाखा समायोजना तथा एकीकरण गर्दा कर्मचारी हटाउन नपाउने भएका छन् ।

राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै शाखा समायोजना गर्दा कर्मचारी कटौती गर्न नपाइने व्यवस्था गरेका हो ।केन्द्रीय बैंकले शाखा समायोजन/एकीकरण हुने वा भएको कारण सम्बन्धित शाखामा कार्यरत कर्मचारीलाई सेवाबाट नहटाउन निर्देशन दिएको हो ।

शाखा समायोजन/एकीकरण गरेपछि कर्मचारीलाई नजिकको शाखा वा प्राथमिकता र सहमतिका आधारमा अन्य शाखामा सरुवा गर्नुपर्ने समेत निर्देशनमा उल्लेख छ ।बैंक तथा वित्तीय संस्थाले शाखा समायोजन गर्नुपूर्व सरोकारवालाको जानकारीका लागि कम्तिमा ९० (नब्बे) दिनको सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिका, सम्बन्धित संस्थाको वेबसाइट र उक्त शाखाको सूचनापाटीमा प्रकाशन गर्नुपर्नेछ ।

शाखा समायोजन हुने अवस्थामा समायोजन हुने शाखाका ग्राहकले उक्त संस्थाको कर्जा चुक्ता गर्न चाहेमा वा अन्य सेवा बन्द गर्न चाहेमा कुनै पनि प्रकारका शुल्क नलिई कर्जा चुक्ता वा सेवा स्थगित गर्न सक्ने व्यवस्था मिलाउनु केन्द्रीय बैंकले निर्देशन दिएको छ ।शाखा समायोजन गर्दा उक्त क्षेत्रको वित्तीय पहुँचमा प्रतिकूल असर नपर्ने सुनिश्चित हुने व्यवस्था मिलाउनु पर्नेछ ।

शाखा समायोजन गरेको ३ कार्यदिनभित्र केन्द्रीय बैंकको रिपोर्टिङ पोर्टलमा अद्यावधिक गर्नुपर्नेछ र तोकिए बमोजिम विवरण बैक तथा वित्तीय संस्था नियमन विभाग तथा सम्बन्धित सुपरिवेक्षण विभागसमक्ष पेश गर्नुपर्नेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports