२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकाका हरेक बालबालिकालाई स्पेसएक्सको एक- एक शेयर दिने मस्कको घोषणा

117
shares

अमेरिकी अर्बपति इलन मस्कले आगामी वर्ष अमेरिकाका प्रत्येक बालबालिकालाई आफ्नो कम्पनी स्पेसएक्सको एक–एक सेयर दिने घोषणा गरेका छन्।

कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एन्थ्रोपिकले आइतबार सामाजिक सञ्जालमा आफ्नो सेयरको पाँच प्रतिशत नयाँ ‘पब्लिक बेनिफिट’ कोषमा दिने घोषणा गरेको थियो। त्यसको प्रतिक्रियामा मस्कले सेयर सिधै सर्वसाधारणलाई दिनुपर्ने सुझाव दिएका थिए।सोमबार मस्कले सामाजिक सञ्जालमा अमेरिकाका प्रत्येक बालबालिकालाई स्पेसएक्सको एक सेयर दिने घोषणा गरेका हुन्।

स्पेसएक्सले मंगलबार त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नेछ। कम्पनीको सेयर मूल्य शुक्रबार प्रतिकित्ता १४६.०३ अमेरिकी डलरमा बन्द भएको थियो।अमेरिकामा १८ वर्षमुनिका करिब सात करोड ३० लाख बालबालिका छन्। मस्कको घोषणाअनुसार प्रत्येक बालबालिकालाई एक सेयर दिइएमा उक्त योजनाको मूल्य करिब १० अर्ब ६६ करोड अमेरिकी डलर हुनेछ।

यद्यपि, मस्कले सेयर वितरण कसरी गरिनेछ भन्नेबारे थप विवरण दिएका छैनन्। उनले आफ्नो सामाजिक सञ्जाल पोस्टमा ‘यो धेरैमध्ये पहिलो हुनेछ’ पनि लेखेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports