नेपाली कांग्रेसको महाधिवेशन समाप्त भएको छ । महाधिवेशले १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनपीएलको शुभकामना दिदै प्रधानमन्त्री बालेनले भने : नेपाली क्रिकेट अमर रहोस

416
shares

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली क्रिकेटलाई शुभकामना दिएका छन्। आजदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) का अवसरमा शुभकामना व्यक्त गरेका हुन्।

उनले भनेका छन्, ‘नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता एनपीएल आजदेखि सुरु हुँदैछ। केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूप लिन सफल भएको छ। लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई हार्दिक स्वागत छ। नेपाली खेलाडी, आयोजक र क्यानलाई यो सुन्दर प्रतियोगिताका लागि शुभकामना। नेपाली क्रिकेट अमर रहोस्।’

प्रतियोगिताको उद्घाटन खेलमा आज साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धामा उत्रिँदैछन्। कीर्तिपुर मैदानमा यी दुई टोलीबीचको रोमाञ्चक भिडन्त आज साँझ ५ बजेदेखि सुरु हुने तालिका छ। आगामी ५ मंसिरसम्म सञ्चालन हुने यस प्रतियोगितामा कुल आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports