सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

‘युरेनियम’ जस्तो धातुसहित आठजना पक्राउ, कांग्रेस सम्बद्ध नेता पनि

520
shares

रेडियोधर्मी पदार्थ ‘युरेनियम’ जस्तो देखिने धातु किनबेचमा संलग्न भएको आरोपमा प्रहरीले आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली कांग्रेससम्बद्ध ललितपुरका एक नेता पनि छन् ।

प्रहरी स्रोतका अनुसार कांग्रेसबाट ललितपुर क्षेत्र नं. ३ ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेवार बनेका नवराज महत पक्राउ परेका हुन् । प्रहरीको विशेष ब्यूरो र काठमाडौं प्रहरी परिसर, टेकुले चलाएको संयुक्त अपरेशनमा उनीसहितका व्यक्तिहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्ने अन्यमा भूपेन्द्र खड्का, रामकृष्ण लामिछाने, नारायण यादव, सुरेन्द्र चौधरी, राजु ठाकुरलगायत छन् । घटनामा अनुसन्धान जारी रहेको बताउँदै प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

global bank  ad lamu

परीक्षणका लागि पठाइयो

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार धातुको पहिलो नमूना परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) पठाउँदा नतिजा नेगेटिभ आएको थियो । हाल बरामद गरिएको धातुको परीक्षण रिपोर्ट आइसकेको छैन ।

यसअघि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले गत वर्ष फागुन अन्तिम साता साढे २ किलो युरेनियम बरामद गरेको थियो ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports