सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पछिल्लो २४ घण्टामा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि

533
shares

 

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप २ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ९५ नमुना परीक्षण गरिएको थियो । ४ हजार २५६ जनानाको पीसीआर परीक्षण गर्दा ४९८ र दुई हजार ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा १८२ गरी ६८० जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ८३५ जन संक्रमणमुक्त भएका छन् । हाल देशभर १९ हजार ४०० संक्रिय संक्रमित छन् । जसमध्‍ये १९ हजार ९८२ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ७५७ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये १७४ जनाको आईसीयू र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख ११ हजार ८९८ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९०२ पुगेको छ भने ९ लाख ४२ हजार ७३७ जना संक्रमणमुक्त भएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports