सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपा प्रधानन्यायाधीश माथीको महाअभियोगको बिपक्षमा

455
shares

राप्रपाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा माथि लगाइएको महाभियोगको खेलमा आफ्नो पार्टी सहभागी हुने निर्णय गरेको छ।  मंगलबार बसेको पदाधिकारी बैठक बाट महाभियोग प्रस्ताव दर्ता भएको विषय अदालतमा राजनीतिक दबाब, प्रभाव, हस्तक्षेप र भागवण्डाको विगतको क्रियाकलापको दुष्परिणाम र त्यसकै निरन्तरताको रुपमा रहेको निष्कर्ष समेत निकालिएको छ ।

अदालतको मर्यादा विपरीत न्यायाधीशहरूले इतिहासमै पहिलोपटक हडताल गर्ने, कानुन व्यवसायीले निरन्तर आन्दोलन गर्ने, राजनीतिक दलले न्यायालयलाई दबाब र प्रभावमा पार्ने अवस्थाले न्यायालयलाई कमजोर बनाइरहेको भन्दै राप्रपाले यो चिन्ताको विषय भएको जनाएको छ ।
महाभियोग न्याय क्षेत्रमा रहेको हालको विकृति विसंगतिको समाधान नभएको भन्दै राप्रपाले यसको मुल दोष प्रणालीमा रहेको जनाएको छ । ‘प्रणालीमा आमूल सुधार नभएसम्म यस्तो अवस्था आइरहनेछ । राप्रपा महाभियोगको खेलमा समावेश हुने छैन’, बैठक पछि प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports