सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसी जबरजस्ती टेबल गरिए सरकारमा नरहने माओवादीको निर्णय

390
shares

 

काठमाडौं । नेकपा माओवादी केन्द्रले सदनमा एमसीसी जबरजस्ती टेबल गरे सरकारमा नरहने बताएको छ ।
संसदीय दलको भर्खरै बसेको बैठकले सर्वदलीय सहमति जुटाएर मात्र एमसीसी पास गर्नुपर्ने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।
‘सबै दलको सहमति हुनुपर्छ, कम्तीमा सरकारमा रहेका गठबन्धनका बीचमा पनि सहमति जुट्न जरुरी छ’ गुरुङले सञ्चारकर्मीसँग भने ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले एमसीसी सदनमा पेस गर्ने र अनुमोदनको पक्षमा उभिएकोबारे पत्रकारको जिज्ञासामा गुरुङले भने ‘सरकारमा रहेका दलहरूबीचमा सहमति नभइ पेस गर्ने कुरा गठबन्धन तोडेर गर्ने कुरा हो । त्यस्तो भयो भने सरकारमा रहने कुरा हुँदैन ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports