सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सलमान खान सहितको टोली काठमाडौं आउदै

494
shares

एक सांगीतिक कार्यक्रमका लागि बलिउड अभिनेता सलमान खान सहितको टोली काठमाडौं आउने भएको छ ।

ओडीसी इन्टरटेनमेन्टका प्रमुख सीमान्त गुरुङले दिएको जानकारी अनुसार उक्त मितिमा दशरथ रंगशालामा हुने कार्यक्रमको लागि सलमान सहितका भारतीय कलाकारलाई बैशाख ३ गते ल्याउन लागिएको हो ।

ती कलाकारलाई सम्झौता अनुसार भुक्तानी गर्नुपर्ने कूल रकममध्ये ४ करोड रुपैयाँ पारिश्रमिक पठाउन ओडीसीले बुधबार पर्यटन मन्त्रालयबाट राष्ट्र बैंकमा भुक्तानी पठाउन सिफारिस पत्र लिएको छ ।

यसअघि २०७४ फागुन २६ गते सलमानसहितका कलाकारले काठमाडौंमा दबंग रिलोडेड कार्यक्रममा भाग लिने जनाइएको थियो तर, विवादले उक्त कार्यक्रम स्थगित भयो । सोही सम्झौता अनुसार अब भने सलमान आउने पक्का भएको हो ।

सलमानसहित सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवा, मनिष पौल, आयुष शर्मा लगायतका कलाकार आउनेछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports