kumari
stcnepal

सलमान खान सहितको टोली काठमाडौं आउदै

एक सांगीतिक कार्यक्रमका लागि बलिउड अभिनेता सलमान खान सहितको टोली काठमाडौं आउने भएको छ ।

ओडीसी इन्टरटेनमेन्टका प्रमुख सीमान्त गुरुङले दिएको जानकारी अनुसार उक्त मितिमा दशरथ रंगशालामा हुने कार्यक्रमको लागि सलमान सहितका भारतीय कलाकारलाई बैशाख ३ गते ल्याउन लागिएको हो ।

ती कलाकारलाई सम्झौता अनुसार भुक्तानी गर्नुपर्ने कूल रकममध्ये ४ करोड रुपैयाँ पारिश्रमिक पठाउन ओडीसीले बुधबार पर्यटन मन्त्रालयबाट राष्ट्र बैंकमा भुक्तानी पठाउन सिफारिस पत्र लिएको छ ।

यसअघि २०७४ फागुन २६ गते सलमानसहितका कलाकारले काठमाडौंमा दबंग रिलोडेड कार्यक्रममा भाग लिने जनाइएको थियो तर, विवादले उक्त कार्यक्रम स्थगित भयो । सोही सम्झौता अनुसार अब भने सलमान आउने पक्का भएको हो ।

सलमानसहित सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवा, मनिष पौल, आयुष शर्मा लगायतका कलाकार आउनेछन् ।

footer