तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसी पारित गर्ने नगर्ने निर्णय नेपालले नै गर्ने हो : अमेरिकी दूतावास

429
shares

अमेरिकाले एमसीसी अनुमोदन गर्ने/नगर्ने नेपालको सार्वभौम निर्णय भएको स्पष्ट पारेको छ। नेपाल स्थित अमेरिकी दूतावासले शनिबार साँझ विज्ञप्ति जारी गर्दै एमसीसी अनुमोदन गर्ने वा नगर्ने निर्णय सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राष्ट्रका रुपमा नेपालले मात्रै गर्न सक्ने स्पष्ट पारेको हो।

चीनले एमसीसी अनुमोदन गर्न अमेरिकाले नेपाली नेताहरुलाई दबाब दिएको भनेको भोलिपल्ट शनिबार नेपाल स्थित अमेरिकी दूतावासले एमसीसी अनुमोदन गर्ने/नगर्ने अधिकार नेपालको सार्वभौम निर्णय भएको स्पष्ट पारेको हो।

यो वर्ष नेपाल र अमेरिकाबीच कुटनीतिक सम्वन्धको ७५ औं वर्ष भएको स्मरण गराउँदै दूतावासले अमेरिका सदैब नेपालको साथमा रहेको र विकास सहायता, विपद् प्रतिकार्य, स्वास्थ्य, शिक्षालगायतमा सहयोग गरेको बताएको छ। एमसीसीले नेपाली जनताको जीवन सुधार गर्न, रोजगारी सिर्जना गर्न र पूर्वाधार विकाशमा सहयोग गर्ने विज्ञप्तिमा उल्लेख छ।

यो एमसीसीका लागि आएको ५० करोड डलर (५५ अर्ब रुपैयाँ) रकम अमेरिकी जनताले दिएको उपहार हाे। जसले नेपालमा रोजगार सिर्जनता गर्न, नेपाली जनता जीवनस्तर उकास्न र पू्र्वाधार विकासमा सहयोग पुर्‍याउँछ। यो परियोजना नेपाली जनता र नेपाल सरकारको आग्रहमा ल्याइएको हो। यसले नेपालको गरिबी निवारण र अर्थतन्त्रको विकासमा सहयोग पुर्‍याउने छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports