कस्तो रहला आज बिहीबारको मौसम : यी प्रदेशहरूमा हल्का बर्षा र पहाडी भू-भागमा हिमपितको सम्भावना
वि.सं.२०८३ कात्तिक २६ बिहीवार १२:१२
shares

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । नेपालमा माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षाको सम्भावना रहेको हो ।
नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।विभागले राति हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने बताएको छ । तराई क्षेत्रमा मौसम सफा रहने पूर्वानुमान छ ।
गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्ने पूर्वानुमान रहेको विभागले बताएको छ ।
































