विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दाङमा शंकास्पद बस्तु फेला, सेनाको टोली घटनास्थलमा पुग्यो

611
shares

दाङ । दाङको पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमहीको सडक छेउ नकिजै प्रेसर कुकरमा तारले जेलिएको शंकास्पद वस्तु फेला परेको छ ।

लमही नगरपालिका वडा नम्बर-७ स्थित पदमिनी खोलाको २०० मिटरको दक्षिण तर्फ सडक छेउमा तार जोडेर राखिएको शंकास्पद प्रेसर कुकर फेला परेको प्रहरीले जनाएको छ ।

‘नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु शनिबार राति ११ बजे सडक छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेशकुमार काफ्लेले जानकारी दिए ।

शंकास्पद वस्तु  बम हुनसक्ने भन्दै नेपाली सेना निष्क्रय पार्न घटनास्थल पुगेको प्रहरी उपरीक्षक काफ्लेले बताए । ‘नेपाली सेनाका बम डिस्पोजल टोली पुगि डिस्पोज गर्ने तयारी भइरहेको छ,’ उनले भने ।

अहिले सेनाले निष्क्रिय पार्ने काम गरिरहेको छ । पूर्वपश्चिम राजमार्ग  एकतर्फी खुला गरेर सवारी सञ्चालनमा ल्याइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports