सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

533
shares

सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक १५ दशमलव ५ अंकले घटेर २ हजार ७ सय २० दशमलव ४३ अंकमा झरेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.२२ अंकले घटेको छ ।

कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ । दिनभर भएका ४८ हजार ९११ कारोबारबाट २२८ कम्पनीका ६२ लाख ४७ हजार ७७४ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब १३ करोड १२ लाख १० हजार २८२ रुपैयाँमा रोकिएको छ ।

बजार समग्रमा घट्दा हाइड्रोपावर समूह भने बढेको छ । बजार घटेपनि दिब्यश्वरी हाइड्रोपार र युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावरको सेयर मूल्यमा भने पोजिटिभ सर्किट नै लागेको छ । दुबै कम्पनीको सेयरमा खरिद चाप देखिंदा मूल्य १० प्रतिशतले बढेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports