कांग्रेस महामन्त्री शमाॅको घोषणा सभामुख सापकोटा पदमा बसिरहन योग्य छैनन
वि.सं.२०७८ फागुन १३ शुक्रवार ०९:०४
shares

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर आक्रोशित हुनुभएको छ । उहाँले सभामुख सापकोटा राजनीतिमा उत्रिएको भन्दै उहाँलाई पद त्याग गर्न सुझाव दिनुभएको छ ।

सरकारको प्रस्ताव बारे जनप्रतिनिधि बीच छलफल गर्न समेत नदिने सभामुखले पदीय मर्यादा भुलेको शर्माको आरोप छ । ‘संसदीय व्यवस्थामा जनता दारा निर्वाचित सांसदले सरकारका कुनै पनि प्रस्तावमा छलफल गर्न, पास वा फेल गर्न पाउँछन्,’ शर्माले एक टेलिभिजन कार्यक्रममा भन्नुभयो, ‘सभामुखबाट ढोकामै रोक्ने काम भएको छ, उहाँले पदीय मर्यादा कायम गर्न सक्नुभएन ।’
महामन्त्री शर्माले राजनीतिमा सबै सम्भावनाहरु हुने बताउँदै सत्ता गठबन्धन एक ठाउँमा नभएपछि विपक्षीका माग पूरा गरेर भए पनि एमसीसी टुंगोमा पुर्याइने बताउनुभयो । महामन्त्री शर्माले गठबन्धन सैद्धान्तिक रुपमा टुटेको घोषणा पनि गर्नुभएको छ ।





































