२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतको नेपाललाई २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा

39
shares

काठमाडौँ । भारतले नेपाललाई २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत राजकीय भ्रमणका क्रममा उक्त रकम घोषणा गरेको हो ।

कुल सहायता रकममध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ ऋण रहेको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।यस अनुसार भारतले उपलब्ध गराउने कुल सहायता प्याकेजमा ३ हजार ५ सय करोड भारतीय रुपैयाँ अर्थात् ५६ अर्ब नेपाली रुपैयाँ अनुदान सहायता रहनेछ। उक्त अनुदान रकम नेपालमा विपद् पश्चातको पुनर्निर्माण र नयाँ पूर्वाधार परियोजनाहरू निर्माणका लागि उपलब्ध गराइने जनाइएको छ।

त्यसैगरी, कुल सहायताको ठुलो हिस्सा १ खर्ब ८४ अर्ब रुपैयाँ भने भारतीय रुपैयाँमा आधारित सहुलियतपूर्ण ऋणका रूपमा रहनेछ। उक्त ऋण सहायता नेपालको ऊर्जा क्षेत्रका परियोजनाहरूमा लगानी गरिने विज्ञप्तिमा उल्लेख छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports