सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रूपन्देहीको देवदह खानेपानीको चुनावमा सात दल पराजित, एमाले बिजयी

520
shares

रुपन्देही । नेकपा एमाले विरुद्ध ७ दलीय गठबन्धन बनाएर निर्वाचन भएको रुपन्देहीको देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा एमालेको प्यानल नै विजयी भएको छ ।

४ हजार भन्दा बढी उपभोक्ता रहेको यहाँको निर्वाचनमा देवदहमा रहेका ७ वटा राजनीतिक दलले संयुक्त गठबन्धन प्यानल बनाएको थियो भने नेकपा एमाले एक्लै निर्वाचनमा होमिएको थियो । निर्वाचनको परिणाम अनुसार अध्यक्षका उम्मेदवार गुमानसिंह कुँवरले १७ सय ८ मत ल्याएर विजयी भएका छन् । निर्वाचनमा अध्यक्षका प्रत्यासी मोतीलाल ढकालले १३ सय ६७ मत प्राप्त गरेका छन् । यसैगरी उपाध्यक्षमा अनिसा पौडेलले १५ सय ९ मत प्राप्त गरेर निर्वाचित भएका छन् । उपाध्यक्षका प्रत्यासी मिनादेवी रिमालले १३ सय ९८ मत प्राप्त गरे ।

सचिवका उम्मेदवार हरिप्रसाद पाण्डेले १५ सय ६१ मत ल्याएर विजयी भए भने, सचिवमा प्रत्यासी डिल्लीराज मरासिनीले १३ सय २४ मत प्राप्त गरे । त्यसैगरी कोषाध्यक्षका उम्मेदवार कृष्णप्रसाद ज्ञवालीले १६ सय २६ मत ल्याएर विजयी भए भने, अर्का प्रत्यासी थानेश्वर भट्टराईले १२ सय २७ मत प्राप्त गरे ।

सदस्यहरुको लागि भएको निर्वाचनमा देवदह–५, बाट चक्रपानी न्यौपाने र अनिता कुवर विजयी भएका छन् । न्यौपानेले ४ सय ८७ मत र कुँवरले ४ सय ४० मत ल्याएर निर्वाचित भएका छन् । सदस्य पदका प्रत्यासी श्रीप्रसाद उपाध्यायले ३ सय ४३ र शोभाकुमारी थापाले ४ सय १० मत प्राप्त गरे । यसैगरी देवदह–७,मा गौमति बुढाथोकी र उपेन्द्र पाण्डे विजयी भए ।

बुढाथोकीले ५ सय ५७ र पाण्डेले ५ सय ७३ मत ल्याएर विजयी भए । उनीहरुका प्रत्यासी दुर्गा कडेलले ५ सय ६ र गोविन्द खरेलले ४ सय २५ मत प्राप्त गरेकोे निर्वाचन मण्डलले जनाएको छ । यसैगरी देवदह–८, को सदस्यमा रिमबहादुर ढेंगा विजयी भएका छन् ।ढेंगाले २ सय २९ मत ल्याएर विजयी भए भने, प्रत्यासी रोशन खरेलले १ सय ४८ मत प्राप्त गरे । देवदह–६, को सदस्यमा संयुक्त गठबन्धनका उम्मेदवार रुक्मागत भारती विजयी भएका छन् । भारतीले २ सय ३४ ल्याएर विजयी भए भने, एमालेका उम्मेदवार विष्णुप्रसाद न्यौपानेले १ सय ७५ मत प्राप्त गरे । देवदह–९, को सदस्यमा विष्णु भट्टराई विजयी भएका छन् । भट्टराईले ९३ मत ल्याएर विजयी भए भने, प्रत्यासी लत्ता चापागाईले ६९ मत ल्याए ।

देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा ४ सय ३८ मतमध्ये निर्वाचनमा ३ हजार १ सय १ मत खसेको थियो भने ४८ मत बदर भएको निर्वाचन मण्डलका संयोजक डासीराम पाण्डेले जानकारी दिएका छन् ।

एमाले नेता यम रानाले एमाले विरुद्ध गरिएको महागठबन्धनलाई हराउन साथ दिने सबै उपभोक्तालाई धन्यवाद दिँदै अब एमालेको विजय यात्रा सुरु भएको बताए । पदका लागि गठबन्धन गर्नेहरुले समाजमा काम गरेर देखाउन सक्नुपर्ने देवदहले सबक सिकाएको उनको भनाइ छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports