सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज ७.७३ अंकले घट्यो ,नेप्से सूचक २६५३ अंकमा झय्रो

546
shares

सत्तारूढ गठबन्धनले एमसीसी अनुमोदन गर्ने सहमति गरे पनि आइतबार नेप्से सूचक ७.७३ अंकले घटेको छ । गएका दिनमा एमसीसी अनुमोदन हुने हल्लामा शेयर बजार बढ्ने गरेकोमा आज भने ७.७३ अंकले घटेको छ ।

शेयर बजारलाई सुधार गर्ने एक मात्रै कारणको रुपमा एमसीसी किनारा लाग्ने भए सँगै ठुला लगानीकर्ताले शेयर बिक्री गर्दा नेप्से सूचक घटेको हो । नेपाल राष्ट्र बैंकको पछिल्ला निर्देशन तथा नीति शेयर बजार विरोधि छन् ।  बैंकहरुको सिसिडी रेसियो ९० प्रतिशत भन्दा माथि भएकाले कुनै पनि बैंकहरु नयाँ कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा छन् । यो भनेको बैंकहरुले नयाँ कर्जा प्रवाहका लागि नयाँ निक्षेप भित्र्याउनु पर्ने हुन्छ । यसका लागि कि त बैंकहरुले व्याजदर बढाएर निक्षेपमा आकर्षित गर्न सक्नु पर्छ होइन भने बजारमा थप तरलता प्रवाह हुनु पर्छ । त्यसैले गर्दा बैंकहरुले फागुन महिनाका लागि जारी गरेको व्याजदर बढेको छ ।

आइतबार नेप्से सूचक ७.७३ अंकले घटेर २६५३ अंकमा रोकिएको छ ।  यहि अवधिमा तीन अर्ब २७ करोड रुपैयाँको खरिद बिक्री भएको छ । आज हाइड्रोपावर र अन्य बाहेक सम्पुर्ण सूचक तथा उप सूचक घटेको छ । आज सर्वाधिक धेरै एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर ५.८८ प्रतिशतले सुधार भएको छ । त्यस्तै नेशनल हाइड्रोपावरको बोनस शेयरको मूल्य समायोजन पछि घटेको मूल्यमा लगानीकर्ता आकर्षित देखिएका प्रतिशेयर ४.५३ प्रतिशतले बढेको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports