kumari
stcnepal

आज ७.७३ अंकले घट्यो ,नेप्से सूचक २६५३ अंकमा झय्रो

सत्तारूढ गठबन्धनले एमसीसी अनुमोदन गर्ने सहमति गरे पनि आइतबार नेप्से सूचक ७.७३ अंकले घटेको छ । गएका दिनमा एमसीसी अनुमोदन हुने हल्लामा शेयर बजार बढ्ने गरेकोमा आज भने ७.७३ अंकले घटेको छ ।

शेयर बजारलाई सुधार गर्ने एक मात्रै कारणको रुपमा एमसीसी किनारा लाग्ने भए सँगै ठुला लगानीकर्ताले शेयर बिक्री गर्दा नेप्से सूचक घटेको हो । नेपाल राष्ट्र बैंकको पछिल्ला निर्देशन तथा नीति शेयर बजार विरोधि छन् ।  बैंकहरुको सिसिडी रेसियो ९० प्रतिशत भन्दा माथि भएकाले कुनै पनि बैंकहरु नयाँ कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा छन् । यो भनेको बैंकहरुले नयाँ कर्जा प्रवाहका लागि नयाँ निक्षेप भित्र्याउनु पर्ने हुन्छ । यसका लागि कि त बैंकहरुले व्याजदर बढाएर निक्षेपमा आकर्षित गर्न सक्नु पर्छ होइन भने बजारमा थप तरलता प्रवाह हुनु पर्छ । त्यसैले गर्दा बैंकहरुले फागुन महिनाका लागि जारी गरेको व्याजदर बढेको छ ।

आइतबार नेप्से सूचक ७.७३ अंकले घटेर २६५३ अंकमा रोकिएको छ ।  यहि अवधिमा तीन अर्ब २७ करोड रुपैयाँको खरिद बिक्री भएको छ । आज हाइड्रोपावर र अन्य बाहेक सम्पुर्ण सूचक तथा उप सूचक घटेको छ । आज सर्वाधिक धेरै एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर ५.८८ प्रतिशतले सुधार भएको छ । त्यस्तै नेशनल हाइड्रोपावरको बोनस शेयरको मूल्य समायोजन पछि घटेको मूल्यमा लगानीकर्ता आकर्षित देखिएका प्रतिशेयर ४.५३ प्रतिशतले बढेको छ ।

 

 

 

footer