kumari
stcnepal

प्रिओपन सेसन सामान्य अङ्कले बढ्यो

बुधबार खुलेको शेयर बजारमा प्रिओपन सेसन सामान्य अङ्कले बढेर समग्र बजार २६१२ विन्दुमा पुगेको छ । नेप्से बढे सँगै कारोबार भएका अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ ।

१९ कम्पनीको तीन लाख माथिको शेयर खरिद बिक्री हुँदा १४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको भने घटेको छ । त्यस्तै बाँकी कम्पनीहरूको शेयर मूल्य भने यथावत रहेको छ । अधिकांश जलविद्युत कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिँदा तेह्रथुम पावरको शेयर धेरै मूल्यको कारोबार भएको छ ।

मंगलबार सार्वजनिक बिदाका कारण बन्द भएको शेयर बजार सोमबार भने दोहोरो अङ्कले घटेर बजार बन्द भएको थियो । बजारमा तरलता अभाव,ब्याजदर अभाव जस्ता समस्याले शेयर बजार दबाबमा पर्दै आएको छ ।

footer