नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दाहाल, नेपाललाई खनालको जवाफ, न्यानो थाङ्नोमा सुत्नुहोस

702
shares

सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्दा गरिएको व्याख्यात्मक टिप्पणीलाई पिसाव फेरिएको न्यानो थाङ्नोको टिप्पणी गर्नुभएको छ ।

आफ्नै पार्टीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्याख्यात्मक टिप्पणी पछि एमसीसी राष्ट्रघाती नरहेको बताइरहनु भएको बेला खनालले सो टिप्पणीको कुनै अर्थ नरहेको भोषणा गर्नुभएको हो ।

बिहीबार विराटनगर विमानस्थलमा आज पत्रकार सँग कुरा गर्दै खनालले भन्नुभयो, ‘व्याख्यात्मक टिप्पणी न्यानो थाङ्नो बाहेक केही होइन, नेपालका नेताहरु आनन्दपूर्वक सुतुन भनेर बनाइएको थाङ्नो हो, त्यो थाङ्नोमा अहिले साथीहरु सुत्नुभएको छ ।’

पूर्वप्रधानमन्त्री खनालले विधि प्रक्रिया विपरीत एमसीसी पास गरिएको आरोप पनि लगाउनु भयो । प्रक्रिया नमिलाई एमसीसी पास गर्नु देशका लागि लज्जास्पद भएको उल्लेख गर्दै खनालले एमसीसी पारित गर्दाको परिणाम विस्तारै देखिने ठोकुवा गर्नुभयो ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports