सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बालुवाटारमा चार दलिय गठवन्धनका शिर्ष नेताहरुको बैठक

546
shares

 

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध चार दलका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । विभिन्न देशमा राजदूत नियुक्तिसम्बन्धी छलफल बैठकको मुख्य एजेन्डा रहेको बालुवाटार स्रोतले जनाएकोछ ।

यस्तै, गठबन्धन अब कसरी अघि बढ्ने भन्ने विषयमा बैठकमा गहन छलफल हुने बताइएको छ । स्थानीय तह निर्वाचन, प्रधानन्यायाधिश माथी लगाइएको महाअभियोग प्रस्ताव, संसदमा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा पनि छलफल भईरहेको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, कांग्रेस महामन्त्री गगन थापालगायत काको सहभागीता रहेको छ।

सुरुवातमा सत्ता गठबन्धनमा पाँच दल रहेकामा राष्ट्रिय जनमोर्चा अलग भइसकेको छ । अहिले गठबन्धनमा चार दल मा रहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports