सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता अनुमोदन गर्न सघाएकोमा दाहाल नेपाललाई दिए विशेष धन्यवाद

533
shares

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न नेतृत्व गरेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंसा गरेका छन्।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा प्रचण्ड र नेपालसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईले समेत प्रधानमन्त्री देउवाको प्रशंसा गरेका थिए।

चारै जनाले प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्ने क्रममा परिपक्व भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो।

प्रधानमन्त्रीले सुझबुझपूर्ण ढंगले काम गरेको भनेर समेत भन्नुभयो,’ स्रोतले भन्यो,जवाफमा प्रधानमन्त्री देउवाले अमेरिकाले अझै आर्थिक सहयोग गर्ने आश्वासन दिएको बताउनुभयो।

अमेरिकी दातृ निकायमार्फत् अन्य बजेट पनि आउँछ भनेर भन्नुभएको छ।प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन निर्वाचनसम्मै जाने समेत बताएको स्रोतले दाबी गरेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports