अमेरिका सँग लडन सकिदैन त्यसैले एमसीसी पारित गर्नु पर्यो
वि.सं.२०७८ फागुन २१ शनिवार ०९:०३
shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू विरुद्धका विगतमा लगाइएको मुद्दाहरु व्युँतिने भएपछि अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नुपरेको खुलासा गरेका छन् ।
आफैँले राष्ट्रघाती भनेर किटान गरेको एमसीसी संझौता अनुमोदन गरेर पार्टीमै चर्को आलोचना भोगिरहेका अध्यक्ष प्रचण्डले एमसीसी पारित गर्नु रहेको बताएका हुन् । महाधिवेशनको निर्णयलाई कुल्चेर एमसीसी पारित गरेपछि उनकै नेताहरु उनी विरुद्ध लागेका छन् ।
शुक्रबार देखि सुरु पार्टीको केन्द्रीय कमिटीको बैठकमा उनले यस्तो प्रष्टिकरण दिएका बताइएको छ । प्रचण्डले अमेरिका धेरै शक्तिशाली राष्ट्र भएको र आफूहरुले लड्न नसक्ने भन्दै एमसीसी पारित गर्ने निर्णयमा पुगेको स्पष्ट पारेका हुन् ।

































