प्रधानन्यायाधीश माथीको महाअभियोगको बारेमा छानबिन गर्न संसदीय समिति गठन
वि.सं.२०७८ फागुन २२ आइतवार १७:५५
shares

प्रतिनिधि सभाले महाभियोग सिफारिस समिति गठन गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि लगाइएको महाभियोगको छानबिन गर्न समिति गठन भएको हो। सभामुख अग्निप्रसाद सापकोटाले आइतबारको बैठकमा समिति गठन गर्ने प्रस्ताव निर्णयार्थ पेस गरेका थिए। उक्त प्रस्ताव बहुमतले पारित भएको छ। राणा विरूद्ध लगाइएको महाभियोग छानबिनका लागि संविधानको धारा १०१ अनुसार महाअभियोग सिफारिस समिति गठन गरिएको हो।
समितिमा एमालेका बिष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल सदस्य छन्। कांग्रेस बाट मीनबहादुर बिश्वकर्मा र रामबहादुर बिष्ट सदस्य छन्। त्यस्तै माओवादी केन्द्रबाट यशोदा सुवेदी र रेखा बिष्ट सदस्य छन्। नेकपा (एकीकृत समाजवादी)बाट कल्याणी खड्का, लोकतान्त्रिक समाजवादी पार्टी बाट एकवाल मियाँ र जनता समाजवादी पार्टी बाट प्रमोद साह सदस्य बनेका छन्।







































