भारतको उतर प्रदेशमा फेरि योगीको सरकार बन्न सक्ने सम्भावना
वि.सं.२०७८ फागुन २४ मंगलवार ०८:३४
shares

भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशमा फेरि मुख्यमन्त्री योगी आदित्यनाथकै सरकार बन्ने पूर्वानुमान गरिएको छ ।
विभिन्न कम्पनीले गरेको चुनावी सर्वेक्षणमा भारतीय जनता पार्टी (भाजपा) ले नै बहुमत ल्याउने पूर्वानुमान देखिएको छ । उत्तर प्रदेशका ४०३ विधानसभा निर्वाचन क्षेत्र मध्ये भाजपा गठबन्धनले २८८–३२६ सिट, समाजवादी गठबन्धनले ७१–१०१ सिट, बहुजन समाजवादीले ३–९ सिट र भारतीय कांग्रेसले १–३ सिट जित्ने पूर्वानुमान गरिएको छ ।
भाजपाले चुनावमा ‘अबकी बार, ३०० पार’ नारा लगाएको थियो, जुन नारा सफल हुनसक्ने देखिएको छ । पछिल्ला चुनावमा उत्तर प्रदेशमा भाजपाले आफ्नो पक्षमा नतिजा निकाल्न सफल हुँदै आएको छ ।































