kumari
stcnepal

अनुसन्धानका लागि पल शाहलाई गैंडाकोट लगियो

 

काठमाडौं । एक नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अनुसन्धानका लागि अभिनेता पल शाहलाई पूर्वी नवलपरासीको गैंडाकोट लगिएको छ ।
जबरजस्ती करणीको मुद्दामा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा पनि ती किशोरीले जाहेरी दिएका कारण शाहलाई गैंडाकोट पुर्‍याइएको प्रहरीले जनाएको छ ।
शाहविरुद्ध गत फागुन १६ गते गैंडाकोटमा पीडित किशोरीले जाहेरी दिएकी थिइन् । उनलाई केही दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

footer