सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाकिस्तानका प्रधानमन्त्री खान बिरूध अबिश्वासको प्रस्ताब संसदमा पेश

481
shares

पाकिस्तानका प्रधानमन्त्री इमरान खान विरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ । विपक्षी दलहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम)ले प्रधानमन्त्री खान विरुद्ध अविश्वास प्रस्ताव पेस गरेको हो ।

लाहोरमा केही हप्ता अगाडि बसेको मुभमेन्टको बैठकमा यसका प्रमुख फजजुर रहमानले वर्तमान सरकारलाई अवैध भन्दै अविश्वास प्रस्ताव पेस गर्नुपर्ने बताएका थिए । त्यसका लागि सबै सहयोगी दलहरु सँग सम्पर्क गर्ने र सरकारको समर्थन फिर्ता लिन आह्वान गर्ने उनले बताएका थिए ।

पाकिस्तानको संविधान अनुसार अविश्वास प्रस्ताव पारित गर्न संसदमा साधारण बहुमत भए पुग्छ । पाकिस्तानको संसदमा ३४२ सदस्य छन् । यसअनुसार अविश्वास प्रस्ताव पारित गर्न यसको पक्षमा १७२ भोट भए पुग्छ । त्यसैले विपक्षी गठबन्धन अविश्वासको प्रस्तावको पक्षमा बहुमत पुर्याउन सक्रिय छ । इमरान खानको पार्टी पीटीआई सँग संसदमा १५५ सिट छ । उनको सरकार गठबन्धनका सहयोगी दलहरुको समर्थनमा चलिरहेको छ ।

इमरान खान नेतृत्वको सरकारका प्रमुख साझेदार दल पाकिस्तान मुस्लिम लीग कायद-ए-आजम (पीएमएल-क्यू) र मुत्ताहिदा कौमी मुभमेन्ट हुन् । यी पार्टीका नेताहरुले सरकारको सार्वजनिक रुपमा आलोचना गर्दै आएका छन् । यिनै आलोचक दलहरुलाई आफ्नो पक्षमा ल्याउन विपक्षी गठबन्धन सक्रिय छ । यद्यपि यी सहयोगी दलहरु इमरान खानको विपक्षमा उभिने स्पष्ट संकेत अहिले सम्म नदेखिएको बीबीसीले जनाएको छ ।

विपक्षी दलहरुले उच्च महँगीलाई प्रमुख मुद्दा बनाएर सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याएका छन् । विपक्षीको विरोधलाई रोकथाम गर्ने प्रयासमा प्रधानमन्त्री खानले पेट्रोलको मूल्य र बिजुलीको महसुलमा केही कटौतीको निर्णय गरेका छन् । साथै सामाजिक कल्याण योजना अनुसार अधिक अनुदान दिने लगायतको घोषणा पनि खानले गरेका छन् ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports