नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लगानी बोर्ड पूँजी निर्माणमा अघि बढे मन्त्रालयले आवश्यक सहयोग गर्ने

507
shares

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले लगानी बोर्डलाई आफैंले पूँजी निर्माण गरी ठूलो परियोजना अघि बढाउन निर्देशन दिएका छन् । बुधबार बोर्ड अन्तर्गत अनुगमन तथा सहजीकरण समितिको सातौं बैठकमा मन्त्री शर्माले लगानी बोर्ड पूँजी निर्माणमा अघि बढे मन्त्रालयले आवश्यक सहयोग गर्ने समेत बताए ।

‘बोर्डको कार्य प्रकृति, कोही आउला र उसले भने अनुसार काम गरिदिउँला भनेर पर्खेर बस्ने किसिमको छ । अब सधैं यसरी मात्रै चल्दैन,’ उनले भने, ‘लगाानी बोर्ड आफैंले पूँजी निर्माण गरी ठूला परियोजनामा लगानी गर्नेतर्फ ध्यान दिनुपर्छ ।’

बोर्ड उपाध्यक्ष समेत रहेका अर्थमन्त्री शर्माले निजी क्षेत्र सँग छलफल गरी निर्यातमा आधारित परियोजनाका लागि पूँजी कोषको निर्माण गर्न बोर्डलाई सुझाव दिएका छन् । कुल ग्राहस्थ्य उत्पादन -जिडिपी) र पुँजी निर्माणमा महत्वपूर्ण योगदान गर्ने परियोजना परिकल्पना गरी लगाानीका लागि अग्रसरता लिन उनले बोर्डलाई आग्रह गरेका छन् ।

समिति बैठकमा लगानी बोर्डले अरुण तेस्रो जलविद्युत आयोजना र मातहतका परियोजना, लजिस्टिक परियोजनाहरु, खप्तड एकीकृत पर्यटन विकास कार्यक्रम, तमोर जलाशययुक्त जलविद्युत परियोजना, माथिल्लो मर्स्याङ्दी जलविद्युत परियोजना-२, प्लान्ट भेहिकल म्यानुफ्याक्चरिङ एण्ड एसेम्ब्लिङ प्लान्ट र हुवासिन समेन्ट परियोजनाको कार्य प्रगति बारे प्रस्तुतीकरण दिएको थियो ।

अर्थमन्त्री शर्माले ठूला विदेशी लगानीकर्तालाई बोर्ड बाट एकल विन्दु सेवा दिने दिने निर्णय भए पनि कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाए । उनले विदेशी लगाानीकर्ता आफैं परियोजना छनौट गरेर वा नेपालको परियोजनामा लगानी साझेदार भई आउने गरेका कारण सबैलाई समान व्यवहार गरी सहजीकरण गर्नुपर्ने बताए । लगानी बोर्डमा आउने परियोजनालाई अध्ययनका लागि भन्दै लामो समयसम्म फाइल अड्काउने प्रवृत्ति ठीक नभएको उनको भनाइ छ । उनलेे कतिपय परियोजनामा बारम्बार अध्ययन मात्रै हुने गरेको भन्दै त्यस्तो प्रवृत्ति रोक्न निर्देशन दिए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports