पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्वास्थ्य र शिक्षा संवेदनशील क्षेत्र भएकाले राजनीतीकरण गर्न नहुने : अमिक शेरचन

858
shares

दाङ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीति नगर्न आग्रह गरेका छन् ।

बिहीबार दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवलोकन गर्दै प्रदेश प्रमुख शेरचनले स्वास्थ्य र शिक्षा संवेदनशील क्षेत्र भएकाले राजनीतीकरण गर्न नहुने बताएका हुन् । ‘स्वास्थ्य उपचार नागरिकको जीवनसँग जोडिएको सबै भन्दा महत्वपूर्ण कुरा हो’ उनले भने, ‘यसमा राजनीतीकरण गर्न थालिए समस्या उत्पन्न हुन्छ सक्छ ।’ शेरचनले मेडिकल साइन्स् जीवन प्रदान गर्ने क्षेत्र भएकाले निष्पक्ष ढंगले काम गर्दै स्वास्थ्य सेवाको विकासमा लाग्नु पर्नेमा जोड दिए ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा. बसन्त लामिछानेले आगामी शैक्षिक सत्रदेखि शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताए । प्रतिष्ठानमा विएसी नर्सिङ, डिएनएस र ब्याचलर अफ फार्मेसीको अध्यापन सुरु हुने प्रतिष्ठानका शिक्षाध्यक्ष लामिछानेले जानकारी दिए ।

प्रदेश प्रमुख शेरचन सहित प्रतिष्ठानका शिक्षाध्यक्ष डा. बसन्त लामिछाने, प्रतिष्ठानकी निर्देशक डा. प्रज्ञासिंह बस्नेत, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन गौतमलगायतले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तयार हुन लागेका पूर्वाधाहरूको अवलोकन गरेका थिए ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports