नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संघीयता बलियो बनाउन केन्द्र सरकारकै अवरोध : गण्डकी प्रदेशका मुख्यमन्त्री

442
shares

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयता बलियो बनाउन केन्द्र सरकारकै अवरोध भएको बताएका छन् ।

बिहीबार गण्डकी प्रदेशसभमा सम्बोधन गर्दै उनले केन्द्र सरकार प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्छ भन्ने विषयमा उदार हुन नसकेको बताए । ‘चाहे यसअघिको दुई तिहाइ नजिकको सरकार होस, या अहिले नेपाली कांग्रेसको नेतृत्वको गठबन्धन सरकार संघीयता सुदृढीकरण अर्थात् प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्छ भन्नेमा उदार हुन सकेको छैन’ मुख्यमन्त्री पोखरेलले भने ।

प्रदेश सरकार अस्तित्वमा आएको चार वर्ष बितिसक्दा पनि संघीय सरकारले कानुन नबनाइदिएका कारण कतिपय काम अघि बढ्न नसकेको उनले बताए ।

‘निजामती ऐन नआउँदा कर्मचारी साथीहरुको वृत्ति विकास नै रोकिएको अवस्था छ । प्रहरी ऐन त ल्यायौं, तर प्रयोगमा ल्याउन सकिएको छैन, यो हाम्रा कारणले होइन, संघकै कारणले हो’ मुख्यमन्त्री पोखरेलले भने, ‘छिटो भन्दा छिटो प्रहरी समायोजन गरेर प्रहरीलाई प्रदेश मातहत पूर्णरुपमा सञ्चालन हुँदामात्र प्रदेश सरकारको प्रत्यक्ष अनुभूति हुने थियो ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports