नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यात्रुले पूर्ण खोप मात्रा पूरा गरेको कार्ड देखाए पीसीआर रिपोर्ट नचाहिने

533
shares

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशी सबै यात्रुले पूर्ण खोप मात्रा पूरा गरेको खोप कार्ड देखाए पीसीआर नचाहिने भएको छ । खोप कार्ड वा पीसीआर नेगेटिभ भएको प्रमाणपत्र ल्याउने क्वारेन्टिन पनि बस्नु नपर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णय सरोकारवाला मन्त्रालयहरुलाई पठाएको छ । निर्णय अनुसार अब हवाई तथा स्थलमार्ग बाट यात्रुहरु निर्वाध नेपाल आउन पाउने छन् । नेपाल आउँदा यात्रुले खोप लगाएको प्रमाण पत्र पेश गर्नुपर्ने छ । प्रमाणपत्र पेश गर्न नसक्ने यात्रुले यात्रा शुरु गर्नु अगाडि ७२ घण्टा भित्रको परक्षिणको नतिजा नेगेटिभ आएको प्रमाणपत्र देखाएमा समेत नेपाल प्रवेश पाउने छन् ।

यस सँगै यात्रा व्यवस्थापन सम्बन्धी यसअघि लागु गरिएका सबै निर्णय खारेज गर्ने निर्णय भएको समेत कार्यालयले जानकारी गराएको छ । हवाई मार्ग वा स्थलमार्ग भई विदेश बाट नेपाल प्रवेश गर्ने यात्रुको सम्बन्धमा कोभिड १९ को जोखिम विश्लेषण आवश्यकता अनुसार परीक्षण गर्ने, थप कडाई गर्ने वा नगर्ने निर्णय अब कोभिड १९ संकट व्यवस्थापन केन्द्रबाटै हुने भएको छ ।

नेपालबाट हवाई मार्ग भई अन्य मुलुक जाने यात्रुको लागि गन्तब्य मुलुकको कोभिड १९ स्वास्थ्य प्रोटोकल सम्बन्धमा सम्बन्धित एयरलाइन्सले आफ्ना यात्रुलाई जानकारी गराउनु पर्ने छ । यसको अनुगमन गर्ने जिम्मेवारी भने पर्यटन मन्त्रालयले पाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports