तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एक महिने चुनावी अभियान पछि मात्रै तालमेल गर्ने कि नगर्ने भन्ने बारेमा पार्टीले निर्णय गर्ने : प्रकाशमान सिंह

442
shares

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एक महिने चुनावी अभियान पछि मात्रै तालमेल गर्ने कि नगर्ने भन्ने बारेमा पार्टीले निर्णय गर्ने बताएका छन् ।

काठमाडौंको आलोक नगरमा शुक्रबार बिहान आयोजित बुथ समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक महिने अभियान बाट फर्केर रिपोर्ट ल्याएपछि आवश्यक निर्णय गर्ने उनले बताए । चुनावी तालमेलका बारेमा अहिले कांग्रेसमा तीन थरी धारणा रहेको बताउँदै उनले भने, ‘घरघर जाऔं, नेपाली कांग्रेसलाई जिताऔं अभियान बाट रिपोर्ट ल्याएपछि वर्किङ कमिटीमा के गर्दा राम्रो हुन्छ त्यो निर्णय गर्छौं ।’

आउने चुनावमा के गर्ने भनेर अहिले पार्टी भित्र तीन धारको कुरा आइरहेको पनि उनले बताए । ‘एकथरी एक्लै जानुपर्छ, अर्कोथरी गठबन्धनलाई निरन्तरता दिनुपर्छ । एउटाले जिल्लालाई जिम्मा दिएर आवश्यकता अनुसार गर्नुपर्छ भन्छ,’ उनले भने । सत्तारुढ पाँच दलीय गठबन्धन कांग्रेसले चाहेर मात्रै नभएको बताउँदै उनले परिस्थितिज्य कारणले यो गठबन्धन बनेको र सोही अनुसार आवश्यक निर्णय लिइने उनले बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार पर्सामा आयोजित एक कार्यक्रममा केन्द्र देखि स्थानीय तहसम्म सत्ता गठबन्धन मिलेर जानुपर्ने अभिव्यक्ति दिएका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports