तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूँजीगत खर्च बढ्न नसक्दा प्रधानमन्त्री देउवा र आफू चिन्तित : अर्थमन्त्री शर्मा

416
shares

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले पूँजीगत खर्च बढ्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा र आफू चिन्तित रहेको बताएका छन् । कास्कीको लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको लेखनाथ महोत्सवको बिहिबार उद्घाटन गर्दै अर्थमन्त्री शर्माले २४ फागुन सम्म १९.१५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको भन्दै सबै विकासे मन्त्रालयलाई खर्च बढाउन दबाब दिइएको बताए ।

‘पुँजीगत खर्च लक्ष्य अनुसार हुन नसकेकोमा प्रधानमन्त्रीज्यू र म पनि चिन्तामा छौं’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले पनि विकास मन्त्रालय सँग छलफल थाल्नुभएको छ । मैले त बुधबार नै छलफल गरेर बजेटको लक्ष्य र कार्यक्रम अनुसार खर्च बढाउन दबाब दिएको छु । फेरी पनि विभिन्न माध्यम बाट ताकेता गरिरहनेछु ।’ उनले विकास खर्च लक्ष्य अनुसार हुन नसक्दा तरलतामा असर देखिएको बताए । प्रधानमन्त्री देउवा सँग समन्वय गरी अर्थतन्त्रमा देखिएका समस्या हल गर्न निरन्तर संवाद अघि बढाएको पनि उनले जानकारी गराए ।

पुँजीगत खर्च गर्ने परम्परागत शैलीका कारण लक्ष्यअनुसार उपलब्धि हाँसिल नभएको उनको भनाई छ । गत वर्ष पनि पुँजीगत खर्चमा उल्लेख्य प्रगति नभएको स्मरण गराउँदै उनले भने, ‘गत वर्ष माघ मसान्त सम्म १७.८६ प्रतिशत पुँजीगत खर्च भएको थियो । यो बर्ष २५ भदौमा प्रतिस्थापन विद्येयक ल्याई बजेट कार्यान्वयन नै ढिला हुदा पनि गत बर्षको तुलनामा एक प्रतिशत मात्रै कम अर्थात् १६.०८ प्रतिशत पुँजीगत खर्च भएको छ ।’

अर्थमन्त्री शर्माले बाहिर हल्ला गरे जस्तो अर्थतन्त्र निराशजनक अवस्थामा नरहेको समेत बताए । अर्थतन्त्र सरकारको नियन्त्रणमै रहेको र चाँडै समस्या समाधान हुने समेत उल्लेख गरे ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports